समाचार

अधिकारीको खस्किँदो स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग गरेको छ ।
समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा अदालतको आदेशको पालनामा सरकारले सक्रियता देखाउन आग्रह गरिएको छ । तत्कालीन माओवादीले मुलुकमा शुरु गरेको युद्धकालमा मारिएका छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै श्रीमती अधिकारी करीब पाँच वर्षदेखि अनशनमा छन् ।
गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो । छोराको न्यायका लागि अनशन बस्दाबस्दै उनका पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।