खेलकुद

लर्ड बुद्ध र बिग थ्री विजयी

काठमाडौँ । लर्ड बुद्ध र बिग थ्रीले पाँचौँ साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन् ।

साइपाल एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको लर्ड बुद्ध छात्र र बिग थ्री छात्रामा च्याम्पियन बनेका हुन् । छात्र फाइनलमा लर्ड बुद्धले ग्रेट मायालाई १५–१४ ले पराजित ग¥यो । लर्ड बुद्धको जीतमा पवन खत्रीले ५ अंक योगदान गरे ।

छात्राको उपाधि भिडन्तमा बिग थ्रीले लुम्बिनीलाई १७–१२ ले हरायो । विजयी टोलीका लागि संगीता फुयाँलले १५ अंक जोडिन् । छात्र र छात्राको फाइनलमा पराजित दुवै टोली डिफेन्डिङ च्याम्पियन हुन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पवन र संगीता ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुवैले साइपालमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । विजेतालाई काठमाडौँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तानले पुरस्कृत गर्नुभयो । तीनदिने उक्त प्रतियोगिताको छात्रमा ४८ र छात्रामा २४ टोलीले नकआउट आधारमा प्रतिष्पर्धा गरेका थिए ।