खेलकुद

विश्व विजेता इटालीलाइ पाखा लगाएको स्वीडेन र साउथ कोरिया मैदानमा

काठमाडौं । गत सातादेखि रसियामा जारी विश्वकप फुटबलको सोमबारको खेल सुरु भएको छ । आजको पहिलो खेलमा अहिले स्वीडेन र साउथ कोरियाबीच खेल चलिरहेको हो । चार पटकको विश्वविजेता इटालीलाइ हराउदैँ विश्वकपमा आफ्नो सिट सुरक्षित गरेको स्वीडेन यसपटकको विश्वकप आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

पाचौँ दिनको खेलमा निझ्नी नोभ्गोरोड स्टेडियममा ५ः ४५ बजेबाट खेल सुरु भएको छ । ११औँ पटक विश्वकपमा सहभागिता जनाइसकेको स्वीडेन सन् १९५८मा ब्राजिसँग पराजित भएको थियो भने एकचोटी सेमिफाइनलमा समेत पुगेको छ ।

यता, साउथ कोरियाले १० औ पटक विश्वकपमा सहभागिता जनाएको छ । विश्वकपमा साउथ कोरिया पनि बलियो टिमको रुपमा उभिएको छ । स्वीडेन र साउथ कोरियाबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास लिईएको छ ।