विचित्र संसार

गाईको मृत्युपछि मान्छेको जस्तै काजक्रिया (भिडियो)

काठमाडौं । गाईको पनि मृत्यु पछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर पुर्वी पहाडी जिल्ला इलाममा गाईको मृत्यु पछि मान्छेको जस्तै काजक्रिया गरिएको छ । इलाम नगरपालिका–३ सुम्बेकका कृषक मात्रिका खतिवडा आफुले पालेको गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनले वताएका छन् ।

गाईको हत्या गर्न पाउनु पर्ने र गाईको मासु खान पाउनु पर्ने एकथरीको माग भइरहँदा उनले गरेको गाईको काजक्रिया भने यतिवेला चर्चाको विषय बनेको छ ।

राष्टिय जनावार गाईलाई हिन्दु धर्मावलम्वीहरुले गाईलाई आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि एक छाक छोडेरे दसदिनसम्म नै काजक्रिया गरिएको कृषक खतिवडाले वताए ।

जस्ले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गर्नु परेको पण्डित बालकृष्ण पोख्रेलले बताए ।

सात दिनदेखी कोहोरो बारेरै बसेका खतिवडाले १० दिनका दिन पण्डितद्धारा पुजाआजा सहित गाईको दान गरेर चोखिएका छन् ।
हेर्नुहोस् भिडियोः-