स्वास्थ्य

सुनसरी सरसफाइमा स्थानिय युवाहरुको अग्रसरता

काठमाडौं । देशकै प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको संरक्षरण र प्रचारमा चक्रघट्टी जेसीज सुनसरी जुटेको छ । पर्यटन प्रवद्र्धन गर्ने मूल उदेश्यका साथ यहाँ जेसीजले सोमबार सरसफाइ गरेको हो ।

सरसफाइ अभियानमा संस्थापक अध्यक्ष निश्चल बस्नेत र प्रमुख अतिथि प्रहरी इन्चार्ज जेबी राउतलगायतको सहभागिता रहेको थियो । सरसफाइ अभियान कार्यक्रम संयोजक जेसी मनोज तामाङको नेतृत्वमा सम्पन्न भएको थियो ।

धार्मिक र पर्यटन क्षेत्र बनाउन बराहक्षेत्र नगरपालिका वार्ड नं. १ स्थित बराह क्षेत्र मन्दिर परिसरबाट शुभारम्भ भएको सरसफाइ अभियानले त्यस वरपर रहेका स्थानमा जेसीजकर्मीहरुले सरसफाइ गरेका थिए ।

जेसिजले यो क्षेत्रको सरसफाइमा निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।