समाचार

लाखौँ लुट्ने ५ जनालाइ हतकडी, फरारको खोजतलास हुदैँ

काठमाडौं । डाकामा संलग्न व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीबाट गुण्डागर्दी र लुटपाट गर्दै आएका ५ जनालाइ सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । म्याग्दीबाट काठमाडौं आउदैँ गरेका दिपक आचार्यलाइ ८ देखि ९ व्यक्तीको समूहले लुटपाट गरि फरार भएका थिए ।

पिडित आचार्यलाइ डर, धम्की देखाइ नगद ५ लाख सहित गरगहना लुटिएको छ । लुटेराहरुले नगदसहित साढे दुइ तोलाको एउटा सुनको औठी र तिन तोलाको सुनको सिक्रि लुटपाट गरी भागेको सूचना आधारमा महानगरिय प्रहरी परिसर, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शिव बहादुर बस्ताकोटी, माधव प्रसाद न्यौपाने, कृष्ण राम पुरी र गोविन्द मल्ल रहेका छन् । उनीहरुको साथबाट करिब १७ हजार मूल्य पर्ने ४५ केजी सतुवा बरामद गरिएको छ । पक्राउको थप अनुसन्धान तथा फरार प्रतिवादीहरुको खाजतलास भईरहेको प्रहरीले जनाएको छ ।