स्वास्थ्य

मृगौला पिडित संगीतकर्मीलाइ नगद दुइ लाख सहयोग

काठमाण्डौ । हङकङमा रहेर सांगीतिक कर्म र समाजसेवामा रमाउदै आएकी गीतकार भद्रकला आङबुहांङ राई मानब सेवामा दत्तचित्त छिन्। समाजसेवालाई मूलकर्म बनाउदै प्रवासमा कर्म गरिरहेकी यिनी कला र संस्कृतिलाई पनि औधी मनपराउछिन्।

साहित्य संगीतमा पनि यिनको रुचि बोजोड छ। गहकिला गीत सृर्जनामा यिनी दख्खल राख्छिन् । २०७१ सालमा संगीतकार सुरेश अधिकारीको एकल संगीतमा एउटा गहकिलो एल्बम लिएर श्रोतामाझ आएकी यिनी अहिले पनि संगीत क्षेत्रकै उत्थानमा समर्पित छिन्।

छिट्टै अब नयॉ एल्बमको साथमा फेरि श्रोता सामु आउने तयारीमा रहेकी भद्रकला बिदेशमा कार्यक्रम गर्ने आयोजक पनि हुन्। भव्य र सभ्य कार्यक्रमको आयोजना गर्दै आएकी भद्रकलाले आफुले गर्ने कार्यक्रमलाई समाजसेवासंग जोड्दै पनि आएकी छिन्। प्रवासमा अथक प्रयत्न गरेर पैसा जुटाएर नेपालमा परोपकारी काम गर्दै आएकी भद्रकलालाई सेवाग्राहीहरुले देवीको रुपमा बुझ्न थालेका छन् ।

हुन पनि उनले आफ्नो कामले आफुलाई देवी नै प्रमाणित गरिरहेकी छिन् । न कुनै घमन्ड न त कुनै स्वार्थ यसरी काम गर्नु पक्कै सानो कुरा होईन। आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग गर्ने मुल लक्ष्यमा केन्द्रित रहेर उनले आफ्नो समाजिक सेवा चांगेधर्ति आमा कोषमा आवद्ध रहेर गर्दै आएकी छिन् । हरेक वर्ष यसै संस्थाको व्यानरमा ‘ सुमधुर सांगीतिक सौगात’ नामक कार्यक्रम गर्दै अर्थ संकलन गर्दै अनि त्यसमा आफ्नो व्यक्तिगत केहि रकम थपेर दीनदुखीहरुलाई सहयोग गर्दै आएकी छिन् ।

बिगतका वर्षहरुमा पनि थुप्रै बिरामीहरुको उपचारमा यिनी र यो संस्था संलग्न भएको थियो । यसपाली पनि धेरैलाई सहयोग गर्ने उनको उद्देश्य रहेको छ । यो वर्ष हालसम्म बिमला लिम्बु ( रु २ लाख १० हजार) पुर्ण गुरुङ ( रु २ लाख) , चन्चला तामाङ( रु २० हजार) ,स्व. मंगलीमाया तामाङ (रु १० हजार), रुपेश श्रेष्ठ (१०हजार) र अन्य बिरामीहरुलाई रु ३० हजार प्रदान गरिंएको छ ।

यसरी हरेक वर्ष कार्यक्रम गरेर त्यसको आर्जन आर्थिकरुपमा बिपन्न वर्गमा खर्च गर्दै आएकी भद्रकला र चांगे धर्ती आमाकोष धन्यबादका पात्र बनेका छन् । कार्यक्रमबाट संकलित रकम बिरामीहरुलाई संस्थाका प्रतिनिधिहरु र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भुजित बासकोटा र प्राज्ञ तथा संगीत विभाग प्रमुख लोकप्रिय गीतकार उन्नति बोहराको हातबाट प्रदान गरियो ।