आर्थिक

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

काठमाडौं । सुजुकीकाचार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजीमोटोकर्पले बजारमा आफ्नो ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो ।

यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हीलतथाअर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहितएक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ताप्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी विधिसँगै ल्याइएको हो । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ ।

उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्नेछन् । यस मोडेलले पेट्रोलमा २२.० किमि÷लिटर प्रदान गर्दछ । २८% धेरै लगेज स्पेसको सुविधाप्रदानगर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमिलामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा ७ सय करोडभन्दा धेरै लागत देखिएको छ । यस सवारीको प्रारम्भिक अफर सहित मूल्य २८ लाख ९९ हजार तोकिएको छ ।