शिक्षा

एसईईको नतिजाबारे आयो यस्तो खबर

काठमाडौं । माध्यमिक शिक्षा परिक्षाको नतिजा असार १० गते अगावै सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एक साताभित्रै एसईइको नतिजा प्रकाशन गर्नेगरि काम भइरहेको हो ।

नियमित र प्राविधि तर्फको नजिता सँगै ल्याउने गरी तयारी भईरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत बर्षको चैत्रमा सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।