पर्यटन/संस्कृति

अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार

काठमाडौँ । स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सहज बनाउने उद्देश्यले अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२६ को रु एक करोड १० लाखको लागतमा बाटो विस्तार, कालोपत्रे र ढल हाल्ने काम गरिएको हो । उक्त बाटो झण्डै ५०० मिटर लामो छ ।

कामनपा– २६ का अध्यक्ष ख्यामराज तिवारीले एक महिनाभित्र निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिए, “स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सडक साँघुरो भएको जनगुनासो आएपछि उक्त क्षेत्रमा बाटो विस्तार गरेका हौँ,”–उनले भने ।

यसैगरी कुमारी टोल कपुरधारामा सडक डिभिजन कार्यालयको रु एक करोड लागतमा बाटो कालोपत्रे, गल्कोपाखादेखि सगरमाथा चोकसम्म देवु मार्गमा रु २० लाखको लागतमा भत्केको बाटो पुनःनिर्माण भइरहेको अध्यक्ष तिवारीले जानकारी दिए ।