स्वास्थ्य

मसल्स फर्म सप्लिमेन्ट अब नेपालमा

काठमाडौं । स्वस्थ शरिर र स्वस्थताका लागि आवश्यक पौष्टिक तत्वयुक्त मसल्स फर्म सप्लिमेन्टको नेपालमा बिक्री वितरण हुने भएको छ ।

अमेरिकामा निर्मित यो सप्लिमेन्ट नेपालमा नेप न्यूट्रिसनले भित्राएको हो । नेप न्यूट्रिसनले राजधानीमा पत्रकार सम्मेलन गरि उत्पादनका बारेमा जानकारी प्रदान ग¥यो ।

शारिरीक सुगठन र स्वस्थताका लागि सम्पूर्ण पोषण युक्त खाना एकै ठाउंमा र आवश्यक समयमा जुटाउन अशम्भव प्राय हुने भएकोले यस्ता सप्लिमेन्टहरु प्रयोग गर्नु पर्ने नेपालका शारिरीक सुगठन बिज्ञ शिवलाल श्रेष्ठले जानकारी दिए । उनले यस उत्पादनमा कुनै किसिमको डोपिङ्ग संग सम्वन्धित औषधीहरुको प्रयोग नभएको बताए ।

अमेरिकामा डोपिङ्ग प्रयोग भएको पाईएमा ५ बर्ष जेल र ५० हजार डलर जरिवाना हुने र अमेरिका डोपिङ्ग प्रयोगको विपक्षमा रहेकोले अमेरिकामा उत्पादन भएका बस्तुहरुमा डोपिङ्ग संग सम्वन्धित औषधीहरुको प्रयोग नहुने र यस उत्पादन पूर्ण रुपमा शरिरका लागि आवश्यक पौष्टिक उत्पादन भएको बताए ।

यो उत्पादन शारिरीक सुगठन खेलमा लागेकाहरुका लागि अतिनै महत्वपूर्ण पौष्टिक तत्व रहेको र अन्य पावर गेम खेल्ने खेलाडी, स्वस्थ रहन चाहने र नियमित ब्यायाम गर्ने ब्यक्तिहरुका लागि पनि यो आवश्यक रहेको पत्रकार सम्मेलनमा बताईयो । पावर गेन गर्न र तौल कम गर्नका साथै यो विभिन्न थरिका खानाबाटै बनाईएका कारण खानाको सप्लिमेन्टको रुपमा समेत रहेको नेप न्यूटिसनका प्रोपाईटर तथा मि. धर्मश्री अर्जून बर्णवालले जानकारी गराए ।

नेपालमा मसल्स फर्मका १९ प्रकारका उत्पादन भित्राएको समेत बर्णवालले बताए । नेपा न्यूट्रिसनमा बर्णवाल सहित शरिरीक सुगठनमा लागेका विमल श्रेष्ठ लगायतको सामुहिक लगानी रहेको छ ।