आर्थिक

सिटिजन्सद्वारा आफ्नै भवनबाट बैंकिंग सेवा संचालन

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले आइतबार देखि हाल बिराटनगरमारहेको कार्यालय भन्दा करिब ५०० मिटरकोे दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटालेपूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् ।

उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाकाप्रमुखतथानागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।