खेलकुद

विश्वकपमा आज तिन खेलः नेइमारको ब्राजिल ग्राउन्डमा उत्रिदैँ, यस्ता छन बाँकी खेल !

काठमाडौं । गत बिहिबारदेखि रसियामा जारी विश्वकप २०१८मा आइतबार ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार पहिलो खेल साझँ पौने ६ बजे सामरा शहरको सामरा एरिनामा, दोस्रो खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे र अन्तिम तथा तेस्रो खेल आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा हुने भएको हो ।

आज हुने सबै खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पहिलो खेलमा सर्विया र कोस्टारिका आमनेसामने हुदैँछन् । दुवै देश बीचको रोमाञ्चक हुने आकँलन गरिएको छ ।

त्यस्तै आजको दोस्रो प्रतिक्षित खेलमा ४ पटक विश्वकप ट्रफी उचालेको जर्मनी र मेक्सिको भिड्दैछन् । दुवै टोलीबीचको खेल पनि प्रतिक्षारत छ ।

आजको अन्तिम अर्थात तेस्रो खेल बहुप्रक्षित छ । पाँच पटक विश्वकप जितेर फुटबल इतिहास रचेको ब्राजिल यसपटकको विश्वकपमा पहिलोपटक मैदानमा उत्रिदैछ । नेइमारको कप्तानीमा रहेको ब्राजिल स्वीट्जरल्यान्ड भिड्नेछन् । ब्राजिल र स्वीट्जरल्यान्ड क्रमशः दोस्रो र छैटौँ फिफा वरियतामा रहेका छन् ।