शिक्षा

‘विप्लब समूह’का विद्यार्थीले विद्यालयमा गरे हडताल

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) निकट विद्यार्थी संगठनले आईतबार देशभरका निजी विद्यालयमा हड्ताल गरेका छन् । पार्टीको भातृसंस्था अनेरास्ववियु(क्रान्तिकारी)ले विभिन्न माग राख्दै निजी विद्यालयमा आम हड्तालको आह्वान गरेका हो ।

संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल लगायत अन्य नेतालाइ पक्राउ नगरिएको भन्दै अनेरास्ववियु(क्रान्तिकारी)ले निजी विद्यालयमा देशव्यापी हडतालको आह्वान गरेको छ । उसले निजी विद्यालयमा लिइदै आएको चरम शुल्कबारे भएको सहमती कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

तर यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले अनेरास्ववियु(क्रान्तिकारी)को हड्ताल लाई गलत भनेका छन् । उनले मागको नाममा विद्यालय बन्द गराएर पढाइ प्रभावित पार्नु सरासर गलत भएको टिप्पणी गरे ।

हडतालका कारण राजधानी सहित देशभरीका संस्थागत विद्यालयको पढाइ प्रभावित भएको छ । सामुदायिक विद्यालयमा भने यसको प्रभाव देखिएको छैन् ।