समाचार

३३ किलो सुनकाण्डः छानविन समितिको म्याद थपियो, एक महिनामा काम तमाम होला ?

काठमाडौं । झन्डै ३४ किलो सुन र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न गठन गरिएको गृृहमन्त्रालयको बिशेष छानविन समितिको म्याद थपिएको छ । ईश्वर पौडेलको नेतृत्वमा गठित छानविन समितिको म्याद १ महिना थप गरिएको हो ।

गृहमन्त्राललाइ प्राप्त पत्रका अनुसार समितिको म्याद दोस्रो पटक थपिएको छ । यसअघि समितिलाइ प्रारम्भिक चरणका लागि ४५ दिनको समयसिमा दिइएको थियो तर त्यो समयसिमाभित्र अनुसन्धान हुन नसकेपछि २५ दिन थप गरिएको थियो ।

संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह सह–सचिव पौडेलको नेतृत्वमा छानविन समिति गठन भएको थियो ।

म्याद थप भएको समायावधिमा साढे ३३ किलो सुन र त्यसका मुख्य लगानिकर्ताको खोजीमा समिति तिब्ररुपमा खटिने बताइएको छ ।