राजनीति

सर्वसत्तावादविरुद्धको अभियान वर्तमान नेतृत्वबाट असंभब: डा कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उनले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसको अहिलेको नेतृत्वले जनताको भावना तथा सर्वसत्तावादविरुद्धको अभियानको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीभित्र शुद्धीकरणको खाँचो औँल्याए।

आजमात्र काँग्रेस महामन्त्री डा. शसाँक कोईराला लगायतका केन्द्रीय सदस्यहरुसंग भेट गरेर राजनीतिक तरंग ल्याएका काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पुनः सरकारको कडा रुपमा आलोचना गरेका छन् ।