विचित्र संसार

किसानले लगाए गाईलाई ब्रा तर किन ?

काठमाडौं । यो दुनियाँमा बाच्नुपर्छ अनेका थरी सुन्न पाइन्छ । बेलायतमा एउटा किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् ।

स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् ।

थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ ।

वास्तवमा गाईका बाच्छा बाच्छीले अघिल्ला दुई थुन मात्र चुस्दछन् । यसो गर्दा पछिल्ला दुई थुन अर्थात् आधा कल्चौँडो गानिन्छ र सुन्निन्छ ।

सोही कारण अघिल्ला दुई थुनमा ब्रा लगाइदिएपछि बाच्छाले पछिल्ला थुन चुसिदिने र गान्निएर जम्मा भएको दुध निख्रिने कारणले थुन सुन्निने समस्या हुँदैन ।

यसरी आलोपालो गरी अघिल्लो र पछिल्लो थुनमा ब्रा लगाइदिएपछि गाईको कल्चौँडोको कुनै थुनमा दुध जम्मा हुने समस्या हुँदैन ।

डोनाल्ड रस नामका ती किसानले आफ्नो गाईलाई लगाइदिएको ब्राको तस्वीर उनका साथीले सोसल मिडियामार्फत सार्वजनिक गरिदिएका थिए । -बिबिसीको सहयोगमा