राजनीति

टोखामा भयो दुई कोईरालासहित नेताहरुको भेट, यस्तो भयो कुराकानी

काठमाण्डौ । नेपाली काँग्रेस पार्टीको मजदुर भातृसंस्था नेपाल ट्रेड यूनियनको मतगणना रिजल्ट भर्खर सकिएका बेला शनिबार टोखास्थीत महामनत्री डा. शसांक कोईराला निवासमा कोईराला दाजूभाईको भेटघाट भएको छ ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रभाबशाली नेता डा. शेखर कोईरालाका साथै महामन्त्री कोईरालाकोमा केन्द्रीय सदस्यहरु दिलेन्द्र प्रसाद बडु, दिपक गिरी, गुरुराज घिमिरे, जीबन परियार लगायत थिए ।

नेपाली काँग्रेसको तेह्रौं महाधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महामन्त्री निर्बाचित शसांकलाई मध्यमार्गी धारबाट अगाडी बढ्ने उनको स्वभाबका कारण पछिल्लो समय देउवातिर ढल्केको आरोप लगाईएको छ भने डा. शेखर खुलेर नै रामचन्द्र पौडेलतिर देखिएका छन् ।

बिभिन्न आरोप लगाइएपनि उनीहरुको बिभिन्न समयमा हुने यस्ता प्रकारका भेटले काँग्रेस राजनीतिमा अर्थपूर्ण भूमिका खेल्ने अनुमान लगाउन सकिन्छ ।

नेताहरुको भेटमा काँग्रेसले प्रभाबकारी रुपमा प्रतिपक्षीको भूमिका खेल्न नसकेको महशुस गर्दै आगामी दिनमा गुटबन्दीरहित काँग्रेस बनाउने दीशामा दुबै नेता केनद्रीत हुने बिषयमा छलफल भएको शेखरका स्वकीयसचिब दिनेशचन्द्र थपलियाले सुर्यखबरलाई बताए ।
सबै नेताहरु काँग्रेसलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्नेमा सबै चिनितत भएर भेटघाट भएको बताइएको छ ।

उक्त भेटघाटमा केन्द्रीय सदस्य तथा पूर्ब उपप्रधानमन्त्री सूजाता कोईराला भने उपस्थिति थिएन । पछिल्लो समय क्यानसर रोगका कारण पीडित नीको भयो भनिएपनि सार्बजनिक कार्यक्रमहरुमा कम जाने गरेको भेटिन्छ । उनले आफूलाई उक्त भेटघाटमा नबोलाएको बताईन् । उक्त भेटघाट सामान्य भएकोले नबोलाएको होला, मेरो दुबै दाजूभाईसंग राम्रो सम्बन्ध छ, शेखर दासंग त भर्खर नै कुरा भएको थियो, उनले थपिन् ।

दुई डा. कोईराला भेटघाटपछि तस्विर खिचाउदै