खेलकुद

आजको पहिलो खेलमा फ्रान्सले बाजी मार्यो

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्स र रसियाबीचको खेलमा फ्रान्सले जित निकालेको छ । सुरुवाती चरणमा बराबरीमा अवस्थामा रहेको खेल फ्रान्सले ८० औ मिनेटमा गोल गरेपछि २-१ को अग्रता लिएको थियो ।

नेपाली समय अनुसार पौने ४ बजे सुरु भएको खेलमा फा्रन्सका तर्फबाट एन्टोनियो ग्रिज म्यानले ५७ औ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सुरुवाती गोल गरेका थिए । त्यसको लगत्तै अष्ट्रेलियाले पनि पेनाल्टीको अवसर पायो र गोल गर्दै बराबरीको अवसर सिर्जना भएको थियो । ७५ औ मिनेटमा अर्को गोलबाट फ्रान्सले अग्रता लिएको छ ।

आजको अर्को प्रतिक्षित खेल साझँ पौने सात बजे अर्जेटिना र आइसल्यान्डबीच हुदैँछ ।