आर्थिक

एनआईसीद्धारा त्रिभुवन विश्वविद्यालयमा वृक्षारोपण कार्यक्रम

काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आज काठमाण्डौं, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र बिभिन्न प्रजातीहरुका बोटविरुवाहरु वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा.तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन भएको थियो ।

एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्नो शाखाहरुको पहलमा देशका विभिन्न स्कुल,विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २४ शाखा कार्यालयहरु, २ सय १४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ६८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ सय ४४ अर्ब पुगि निजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब १ सय १९ अर्ब सहित निजि क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।