खेलकुद

विश्वकपः आज चार खेल हुदैँ, उपाधिको दाउमा रहेको मेस्सीको अर्जेन्टिना र आइसल्यान्ड आमनेसामने

काठमाडौं । बिहिबारदेखि सुरु भएको रसियामा जारी विश्वकप प्रतियोगिता अन्तर्गत शनिबार राती ४ वटा खेल हुदैँछन् । आज राती हुने दोस्रोे खेलमा सर्वाधिक चर्चामा रहेको उपाधी दाबेदारको रुपमा हेरिएको अर्जेटिना र नवप्रवेशी आइसल्यान्डबीच प्रतिस्पर्धा हुने भएको हो । स्टार स्ट्राइकर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले दुइपटक विश्वकपको उपाधी जितिसकेको छ भने पाँच पटक सेमिफाइनल र पाँच पटक नै फाइनलसम्म पुगेको छ । मेस्सीकै ह्याट्रिकको सहयोगमा अर्जेन्टिना विश्वकपमा छनौट भएको थियो । खेल नेपाली समय अनुसार पौने सात बजे सुरु हुनेछ ।

त्यस्तै, आज हुने अर्को खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन् । यी दुइुबीचको खेल काजान एरेना स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे हुनेछ । फिफा वरियतामा फ्रान्स र अष्ट्रेलिया क्रमशः सातौँ र चालिसौं स्थानमा रहेका छन् । समग्रमा दुवै टोली बलियो मानिन्छन् ।

आज राती हुने तेस्रो खेल पेरु र डेनमार्कबीच हुदैँछ । यी दुइृको खेल नेपाली समय अनुसार पौने १० वजे मोर्डो्भिया स्टेडियमममा हुनेछ । यस्तै शनिबार राती हुने अन्तिम खेल मध्यराति १२ बजेट ४५ मिनेटमा युरोपको जादुमयी मुलुक क्रोएशियाले अफ्रिकी इगल भनेर चिनिने नाइजेरियाको सामना गर्ने छ ।