समाचार

मुखमा टेप लगाएका गोविन्द केसीले प्रधानमन्त्रीलाइ भनेः कसरी रोक्दा रहेछौ ? हेरौं

काठमाडौं । त्रिवि शिक्षक अस्पतालमा प्राध्यापक डाक्टर गोविन्द केसीले शनिबार प्रदर्शन गरेका छन् । माइतिघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको भन्दै त्यसको विरोधमा डा. केसीले आज माइतिघर मण्डलामै प्रदर्शन गरेका हुन् ।

मुखमा टेप लगाएर दुवै हातमा प्लेकार्ड बोकेर उभिएका डा. केसीले सरकारलाइ समेत कडा चेतावनी दिएका छन् । सरकारलाइ चेतावनी दिदैँ उनले भने, म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं, कसरी रोक्दा रहेछौं हेरौं ।’

आफू नेतृत्वकै आन्दोलनका कारण लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु तह लागेका बताए । भ्रष्टाचार, बेथिती लगायत सामाजिक बिसंगती विरुद्ध आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ थियो ।