मनोरञ्जन

नायिका निता ढुंगानाद्वारा ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ उद्घाटन

काठमाडौँ । लाजिम्पाटको ग्याङजोङ होटलको परिसरमा भित्र रहेको अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सम्पन्न भएको रेस्टुरेन्ट ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ को ग्राण्ड ओपनिङ गरिएको छ । चर्चित सेलिब्रेटी, समाजसेवी, पत्रकार तथा अन्य पारिवारिक सदश्यहरु बीच उद्घाटन गरिएको उक्त ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ प्रमुख अथिति चर्चित नायिका निता ढुंगाना अतिथिहरु बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, चर्चित फेसन डिजाइनर काजल शर्मा, मोडल तथा नायिका भावना गुरुङ, युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायतले बिधिबत रुपमा रिबन तथा केक काटेर औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

खानाको पारखीहरुको लागि राजधानीको मुटु लाजिम्पाटमा अत्याधुनिक फेमिली रेस्टुरेण्ट ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ सञ्चालनमा आएको छ । लाजिम्पाटको ग्याङजोङ होटलको परिसर भित्र अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

बिगत २ दशक भन्दा बेसी अन्तराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्ट तथा बारमा काम गरेको अनुभबलाइ आफ्नो देशमानै केहि गरु भन्ने उदेश्यको साथ खोलिएको ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ मा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिनको साथै रेस्टुरेन्टमा बसेर स्पोर्टको मज्जा लिनको साथै विश्वकप फुटबलको रौनक दृश्य हेर्न सकिने कुरा ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’ का संचालक लाल श्रेष्ठले बताए ।

राजधानीको मुख्य केन्द्रबिन्दु तथा भीआइपी एरिया लाजिम्पाटमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याइएको ‘माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट’का अध्यक्ष लाल श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ रेस्टुरेन्ट एण्ड बारका अर्का सञ्चालक राजन भण्डारीले गराएका छन् ।

रेष्टुरेन्ट विहान ११ बजे देखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु समेत संचालन गरिने बताइएको छ । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । लाजिम्पाटमा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालक द्वय लाल श्रेष्ठ र राजन भण्डारीले लिएका छन ।

माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्टूका संचालक लाल श्रेष्ठले बिगत २० बर्ष देखि अन्तराष्ट्रिय चेन ५ स्टार होटलहरुको बार एण्ड रेस्टुरेन्टहरुमा आफ्नो अनुभवको आधारमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए । उनले अनुभब तथा आफ्नो देश प्रतिको माया लगाबले गर्दा स्वदेशमा नै केहि गरु भन्ने उदेश्यको साथ रेस्टुरेन्ट व्यवसायमा करोडौँ लगानी गरि तथा विदेशमा सिकेको सिप दक्षतालाइ अन्तराष्ट्रिय स्तरको रेस्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याई विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा आएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिने बताएका छन् ।