पर्यटन/संस्कृति

इदुल फित्र मनाइयो

कपिलबस्तु । विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन् ।

“विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढ्ेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो ।

सो अवसरमा मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए ।

नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइएको मौलाना मक्सुद खानले बताए ।

मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गरेका छन् ।

एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन् । शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन् ।

यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन् ।