खेलकुद

विश्वकपः कान नसुन्ने बिरालोको भबिष्यवाणी मिलेपछि…

काठमाडौं । बिहिबारबाट सुरू भएको विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी गरेको थियो जुन सहि सावित भएको छ । ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको थियो ।

रुस र साउदी अरेबियाबीच भएको खेलमा रुसले ५-० गोलको फराकिलो जित निकालेको थियो । बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको थियो। दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो ।