खेलकुद

रोनाल्डोले पहिलो खेलमै देखाए जलवा (भिडियोसहित)

काठमाडौं । बिहिबारदेखि सुरु भएको विश्वकपमा शुक्रबार राती भएको विश्वकप फुटबलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले कमाल खेलको प्रदर्शन गरेका छन् । उक्त खेलमा उनले ह्याट्रिक गरेका हुन् । यो सँगै उनले एउटा रेकर्ड पनि बनाएका छन् ।

यस विश्वकपमा रोनाल्डो पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । रोनाल्डोको गएराती अविस्मरणी प्रदर्शन गरेका छन् । उनले पोर्चगलका लागि लगातार एक्लै ३ गोल गरेका छन् । स्पेन र पोर्चुगलको खेल ३-३ को बराबरीका सकिएको छ ।

शुक्रबारको पोर्चुगल र स्पेनबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो ।रोनाल्डोको यो फुटबल करियरकै ५१ औ ह्याट्रिक हो । भिडियोमा हेर्नुहोस् रोनाल्डो को ह्याट्रिकः-

https://youtu.be/6AaGsNMyzMI