राजनीति

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताए । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट गरे ।

कार्यक्रममा राजपाका नेता तथा प्रदेश नं २ का प्रदेश सांसद मनिषकुमार सुमनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाए । सो अवसरमा विभिन्न दलका नेता र कार्यकर्ता राजपमा प्रवेश गरेका थिए।