राजनीति

सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव

रौतहट । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिएका छन् ।

गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उनले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुुझाव दिएका हुन् ।

देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुुईतिहाईको शक्ति नदेखाउन समेत उनले सरकारलाई सुुझाव दिए ।

वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरे ।

ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उनले प्रदेश नं. २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गरे ।

गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गरे ।