मनोरञ्जन

धितालले ल्याए गीति एल्बम् ‘अंगालोमा बाँधी’ (भीडियोसहित)

काठमाण्डौ । संघर्षमय वैदेशिक जीवन अनि त्यही जिवनसंगै जोडिएको उज्वल भबिश्य र समाजमा एक परिचयले चिनिने लक्ष्य । दैनिक जीवन सुखद पारौ त सानैदेखी परिचित बन्ने सपनाले पिरोल्छ‘ यस्ता कयौँ दुखद पल, पिडादायी पलहरु र संघर्षका दिनहरु बिताएका छन गायक नारायण धिताल । आफ्नो जन्मभुमि देखी टाढा ,आफ्नो परिवारदेखी टाढा र मित्रहरू देखि टाढा रहदाको पींडा त छदैछ साथमा सानै उमेर देखि गायक बनेर आफ्नो देशको भाषा र भाकालाई सदैब गायन मार्फत चिनाउने लक्ष्य पुरा गर्न लागि परेको दुख र संघर्षका कुरा व्यक्त गर्छन गायक नारायण धिताल ।

यस्तै करीब ८ बर्षको अन्तरालपछि गायक नारायण धितालले आफ्नो एकल आवाजले भरिएको पछिल्लो गीति एल्बम ’जय मायाप्रेम’ दर्शकमाझ लिएर आए र सोही एल्बमबाट गायक धितालले आफुलाई पनि नेपाली गीत संगीत क्षेत्रमा एक सफल गायकको रूपमा चिनाएर दर्शक श्रोतामाझ निकै नै लोकप्रियता कमाए । गायक धितालले एल्बम जय मायाप्रेम अघि पनि एल्बम ञधड्कन र काईट्सझ सार्वजनिक गतिसकेको थिए भने उनले त्यस सार्वजनिक दुई एल्बमबाट आफुले सोचेको जति लोकप्रियता कमाउन नसकेको जानकारी समेत दिएका छ्न् ।

यहि पछिल्लो सार्वजनिक एल्बम ञ जय मायाप्रेम झ बाट सार्वधिक चर्चामा रहेको गायक धितालको आवाजले भरिएको यस ञ अंगालोमा बाधीझ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ भने उनको यो पहिलो गीत हो जहाँ उनले एक अन्य भाशीत अनि निकै चर्चित गायिका संजिवनीसंग आफ्नो सुमधुर आवाज भरेको हो । सार्वजनिक यस गीतमा निरपेश उप्रेतीको शब्द रचनामा शिखर आर सन्तोषको निकै आकर्षण संगीत सृजना रहेको छ ।

स्कट्ल्यान्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको उत्कृष्ट अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न् ।