राजनीति

मूल्यबृद्धीको बिरोध गर्ने नेबिसंघका कार्यकर्तालाई धरपकड गरेकोमा काँग्रेसको कडा बिरोध

काठमाण्डौ । बिहीबार सुर्खेतमा भएको घटनाका प्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ, सो पार्टीका प्रवक्ता बिश्वप्रकाश शर्माले उक्त कुरा बताएका छन् ।

निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन, उनले भनेका छन् ।

सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ, शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिन चाहन्छु, शर्माले भनेका छन् ।