आर्थिक

ज्योती बिकासको एनआईसी एशिया र सेन्चुरी बैंकसंग रेमिट सम्झौता

काठमाण्डौ । ज्योति विकास बैंकले एनआइसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात एनआइसी एशिया र सेन्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भक्तानी गर्न सकिने छ । ज्योति बिकास बैँक र एनआइसी एशिया बैँक बीच हालै सम्झौता भएको हो । सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र एनआइसी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एनआइसी एशिया बैंकका देशभर सञ्चालनमा रहेका २ सय ३३ वटा शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न, खातामा जम्मा गर्न सकिने छ भने ज्योति विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५५ वटा शाखा कार्यालयबाट एनआइसी एशिया रेमिटमार्फत सेवा उपलब्ध हुदै आएको छ ।

त्यस्तै ज्योति विकास बैंक सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंक को तर्फबाट संचालन विभाग प्रमूख  बलदेव थापा र सेन्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सेन्चुरी बैँकका सम्पुर्ण शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बरिष्ठ प्रबन्धक मदन कुमार महतले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।