समाचार

प्रदेशस्तरीय अपराध अनुसन्धान बैठक शुरु

विराटनगर । संगठित अपराध, महिला तथा बालबालिका बेचबिखन र फौजदारी अपराध नियन्त्रण कार्यान्वयन सम्बन्धमा आपसी सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा आजदेखि यहाँ बैठक शुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौँद्वारा आयोजित प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरुको प्रदेश नं १ र २ को प्रादेशिक सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

सो अवसरमा पूर्व नायब महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले सम्मेलनको उद्घाटन गर्दै सरकारी वकिल र प्रहरी एउट सिक्काको दुई पाटो भएको बताउँदै अपराध न्यूनीकरण अभियानमा यी दुईको प्रभावकारी कार्यान्वयन हुने गरेको बताए ।

सह–न्यायाधिवक्ता उद्धवकृष्ण पुडासैनीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश नं १ र २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल र दिनेश अमात्य, अपराध अनुसन्धान विभाग काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यातले अपराध अनुसन्धानको क्रममा मानवअधिकारको रक्षा गरी अधिकतम स्रोत साधनको प्रयोग गर्नुपर्नेमा तथा पीडितको न्यायमा पहँुच पु¥याउनुपर्नेमा जोड दिए ।

दुई दिने सम्मेलनमा प्रदेश नं १ र २ का प्रहरी प्रमुख, अपराध अनुसन्धान कार्यालयमा खटिने जिल्लाका प्रहरी प्रमुख, विभिन्न जिल्लाका सरकारी वकिल र अञ्चल र जिल्ला अस्पतालका चिकित्सकको सहभागिता गरी १५० जनाको सहभागिता रहेको छ ।