पर्यटन/संस्कृति

क्षेत्रीय होटल संघमा श्रेष्ठ

बनेपा । क्षेत्रीय होटल संघ, धुलिखेलको नेतृत्वमा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकजु श्रेष्ठ चयन भएका छन् ।

संघको आज धुलिखेलमा भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा होटेल होराइजनका सञ्चालक किरणप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भोला थापा, सचिवमा जोसन सैँजु र कोषाध्यक्षमा विकास भिनानु चयन गरेको छ भने सदस्य पछि नियुक्त गर्ने बताइएको छ ।

धुलिखेललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि वाइफाइ शहरका रुपमा परिणत गरिने र पर्यटन बस सेवा सञ्चालन गरिने जानकारी दिए ।