गण्डकी प्रदेश

प्रदेश ४ः दुई विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ ।

आजको बैठकमा दुवै विधेयकमाथि दफाबार छलफलपछि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले पारित गरेको हो ।
यसअघि पहिलो विधेयकमाथिको छलफलमा मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापार दोबाटे विश्वकर्माले राजश्व चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिए ।

त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी र मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । प्रदेशभाको अर्को बैठक शुक्रबार अपराह्न ४।०० बजे बस्नेछ ।