आर्थिक

सिटिजन्सद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनले चितवन मानव सेवा आश्रमलाई तीन लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । आश्रमको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उुपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रू तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।

उक्त समारोहमा बैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने कुरा व्यक्त गरे ।

हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पस्चात परिवारमा पुर्नमिलन गराइएको कुरा आश्रमकी अध्यक्षले जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीनलाख पैतिस हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।