बाग्मती

दुई विधेयक पारित

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै प्रस्ताव पारित गर्न प्रस्ताव टेबुल गरेका थिए । यसैबीच शुक्रबार अपराह्न ३ बजे प्रदेश सरकारको आगामी आव २०७५÷०७६ का लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठकमा जानकारी दिए ।