सूचना प्रविधि

आइसिटी अवार्ड भदौमा

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।

लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएकोे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिए । उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताए ।

निर्देशक लम्सालका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिनेछ । अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन माग गरिएको छ । उक्त मिडियाले सन २०१७ देखि प्रत्येक वर्ष अवार्ड वितरण गर्दै आएको हो ।