देश

प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । डिजेल पेट्रोलको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ ताप्लेजुङले बिहिबार प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

एक सातादेखि देशैभर आन्दोलित बनेको नेविसंघले नाराजुलुससहित प्रदर्शन गर्दै ओलीको पुत्ला दहन गरेको जनाईको छ । नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामका अनुसार खोक्रो राष्ट्रवादका सुरिला भाषण गरेर जनताको आखामा छारो हाल्दै सत्तामा पुगी जनतालाइ नै छुरा धस्ने काम भएको नेविसंघको निष्कर्ष छ ।

आफूहरुको माग पूरा नभए आन्दोलनका थप सशक्त कार्यक्रमहरु गरिने सभापती हाङगामले बताए । प्रमुख जिल्ला अधिकारी मार्फत यसघि नै प्रधानमन्त्रीलाइ विज्ञप्ती बुझाइसकिएको तर त्यसको कुनै सुनुवाइ नभएको संघको भनाइ छ । पछिल्लो समय नेविसंघ देशव्यापी रुपमा सरकारले गरेको मूल्यबृद्धिका विरुद्ध खरो रुपमा प्रस्तुत भएको छ ।