अन्तर्राष्ट्रिय

राष्ट्रपतिलाई १९ महिना जेल

काठमाडौं । माल्दिभ्सको एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ ।

आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।

गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो ।
उनीहरु तीन जनालाई फरक फरक अरोप लगाईएको छ ।

प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ । आजको कान्तिपुरमा यो खबर छ ।