समाचार

प्रधानमन्त्रीलाइ फास्टट्रयाकबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय महत्वको आयोजना काठमाण्डौं–तराई÷मधेश दु्रतमार्गबारे जानकारी लिएका छन् । नेपाली सेनाको जंगी अड्डामा आइ उनले द्रुतमार्ग बारे जानकारी लिएका हुन् । उनलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत मन्तब्य राखका थिए भने सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौ–तराई÷मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले जानकारी गराएका थिए ।

नेपाली सेनाले काठमाण्डौ–तराई÷मधेश दु्रतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएका र उनले उनले सरकारबाट निर्माण कार्य सहयोगको लागि कुनै पनि कसर बाँकी नरहने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको थियो ।