बाग्मती

प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले रासस समाचारदातासँग आज संक्षिप्त कुराकानी गर्दै सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५/०७६ को बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम बजेटले समेट्ने बताए ।