देश

पूर्व–पश्चिम राजमार्गको जङ्गलमा यौनकर्मी बढेपछि स्थानीय आजित

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा रहेको वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् ।वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्न पसल सञ्चालनमा रहेकाले बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलाप धेरै हुने गरेको चन्द्रलाल लोप्चनले बताए ।वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एक दर्जन चोकमा अचेल दिनहुँ २० औं जोडी युवायुवती यौन

क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् ।बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवायुवतीका जोडी हुने गरेको जनकपुर वीरगञ्ज रुटको बसका सहचालककोे भनाइ छ । खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ । यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भए पनि ग्राहकले कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएको छ ।