आर्थिक

आइएमईले मनायो १८ औं वार्षिकोत्सव

काठमाडौं । आजदेखि आइएमई १७ औँ वर्ष पार गरेर १८ औँ वर्षमाप्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८ औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको हो ।

१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखि राखेको छ । आइएमईको शाखा, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सफल भएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटो मोबाइल, सूचना प्रविधि, बीमा, उर्जा,केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ । १८ औँँ वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको छ । यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम् सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभ चिन्तक सबैप्रति आइएमई नेतृत्व/व्यवस्थापनले धन्यवाद दिएको छ ।