मनोरञ्जन

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका थिए । उनले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा गएका थिए ।