समाचार

कृषिमन्त्रीको प्रश्न यस्तो पनि राज्य हुन्छ ?

काठमाडौं । खाने दुधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने र रसायनसमेत मिसाईने गरेको पाईएको छ ।

गर्मीयाममा दुध फाट्नबाट जोगाउन दुध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाईएको हो । काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रयोसधन उद्योग छन् ।

यीमध्ये २५ ब्राण्डका दुध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्याउने वासिङ सोडा र साबुन बनाईने रसायन भेटिएको हो ।

कृषिमन्त्री चक्रमणि खनालले दुध उत्पादनमा उपभोक्ताको स्वास्थ्यमा ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । दुधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।