राजनीति

कांग्रेस आरोप प्रत्यारोपमै

काठमाडौं । प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू सरकारका कार्यशैलीप्रति आक्रामक भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा मंगलबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सरकारको कार्यशैलीप्रति आक्रामक भएका हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

आरोप प्रत्यारोपमा नेताहरू

मलाई गाली गरेर पार्टी बलियो बन्दैनः देउवा

गिरिजा र सुशीलजी हुँदा पार्टीमा चुइँक्क बोल्न नपाएकाले अहिले बल्ल बोल्न पाएका छन् । शेरबहादुरको विरोध गरेर मात्र अहिलेको चुनौती सामना गर्न सकिँदैन । मलाई गाली गरेर मात्र पार्टी बलियो हुँदैन । कम्युनिस्टविरुद्ध बोल्नुस्, मविरुद्ध त बोल्न पाइहाल्नुहुन्छ नि ।

पार्टीमा नैतिक शक्ति आवश्यकः पौडेल

पार्टी सच्चिुपर्छ । नसच्चिँदा कस्तो हालत भएको छ, यो हामी सबैले देखेका छौँ । पार्टीभित्र न्याय, निष्पक्षता आवश्यक छ । विधानको दायराभित्र पार्टी चल्नुपर्छ । सहमतिमा चल्नुपर्छ ।