राजनीति

वर्तमान सरकार ढुक्कसँग ५ वर्ष टिक्छः अध्यक्ष दहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।
अध्यक्ष दहालले अढाई बर्षपछि सरकार आफूले चलाउने वा बर्तमान प्रधानमन्त्रीले नै निरन्तरता पाउने भन्ने चैं उक्त कार्यक्रममा खुलाएन् ।