राजनीति

दुईतिहाईको दम्भमा कार्यकारी राष्ट्रपति शासन लादे आन्दोलनको आॅधिवेहरीः डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले प्रधानमन्त्रीले सातै प्रदेससभामा गएर संबोधन गरेर के सन्देस दिन खोजेको रु भन्दै प्रश्न गरेका छन्। बालकृष्ण ढुंगेललाई आममाफी दिदै गर्दा संसदमा त्यस बिषयमा प्रभावकारी ढंगले कुरा नराखेर कॉग्रेसले गल्ती गरेको पनी बताए। कोईरालाले कॉग्रेस गुट-उपगुटमा रुमल्लिरहेको फाईदा सरकारले लिईरहेकोले मुलुक अधिनायकबादमा जाने खतरा बढेको संकेत गरे। कोईरालाले मुलुक निरंकुशता तर्फ अगाडी बढेकाले लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा रहेको पनी लागेको बताएका छन्।

शैलजा आचार्यको नवौं स्मृति दिवसमा “शैलजा आचार्य आदर्श समाज” ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेलिए त्यो कॉग्रेसलाई कुनैपनी हालतमा स्विकार्य नहुने बताए। कोईरालाले भने, ‘बहुमत तपॉईहरुसॅग छ, सरकार जसरी चलाउॅन मन लाग्छ चलाउॅनोस तर दुईतिहाई बलको आडमा मुलुकको शासन ब्यवस्था नै परिबर्तन गर्न लाग्ने हो त्यसका बिरुद्ध कॉग्रेस जस्तोसुकै आॅधीबेरी ल्याउॅन तयार छ।’