पु.समाचार

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरिएको छ ।

मंगलबार संवैधानिक परिषदले जोशीको नाम प्रधानन्याधीशमा सिफारिस गरेको हो । कायममुकायम प्रधानन्याधीशको रुपमा कार्यरत रहेका जोशीलाइ आज बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरिएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।

तत्कालिन प्रधानन्याधीशले पदबाट राजिनामा दिएपछि जोशीले कामु प्रधानन्याधीशको कार्यभार सम्हाल्दै आएका थिए ।