राजनीति

अध्यक्ष दाहाल किन जादैँछन् चिन र भारत ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भारत र चिन भ्रमणमा जाने बताएका छन् । मंगलबार उनले विकासको एजेन्डा लिएर आफू केही समय पछाडी दुइ छिमेकी राष्ट्रको भ्रमणमा जाने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई निम्तो दिएको बताउदैँ उनले सबभन्दा पहिले भारत जाने बताएका छन् । चितवन महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मलाइ मोदीजी निम्तो दिनुभएको छ, अब छिट्टै विकास र समृद्धिको एजेण्डा बोकेर त्यता जादैँछु’ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकिएपछि आफू चीन जाने बताउदैँ अध्यक्ष दाहालले भने, मलाइ चिनिया कम्युनिष्ट पार्टीको निम्तो आइनै सकेको छ, ‘चिनिया कम्युनिष्ट पार्टीका साथीहरुले प्रधानमन्त्री ओलीजीको भ्रमणपछि तपाइ तयार हुनुस् भन्नुभएको छ’ ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले अबको बाटो विकास र समृद्धिको भएकाले मित्र राष्ट्रहरुबाट फाइदा लिन सक्नुपर्ने बताएका छन् ।